image
image

विश्वभर बढ्यो खाद्यान्नको मूल्य

काठमाडौँ २४ जेठ । कोरोना महामारीको कारण विश्वको अर्थतन्त्र नै थिलिएको बेला खाद्यान्नको मूल्य निरन्तर बढ्दै गईरहको  छ । गत वर्षको तुलनामा यस मे महिनाको अन्त्यसम्म खाद्यान्नको मूल्य ४०% ले बढेर औसत मूल्य वृद्धिदर दशककै उच्च भएको संयुक्त राष्ट्र संघको खाद्य मूल्य सूचकांकले देखाएको छ ।  अप्रिलको तुलनामा मे महिनामा ४.८% ले मूल्य वृद्धि भएको हो ।

संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनका वरिष्ठ अर्थशास्त्री अब्दुलरेजा अब्बासियनका अनुसार चीनमा मकैको उच्च माग, ब्राजिलमा चलिरहेको खडेरी र विव्वप्यापी रुपमा वनस्पति तेल, चिनी तथा अन्नको खपत उच्च भएका कारण विश्वभर खाद्यान्नको भाउ आकाशीएको हो । त्यस्तै  विश्वभर मुद्रास्फीति बढ्दै जाँदा खाद्यानदेखि स्टील, काठ, उर्जालगायत हरेक वस्तुको भाउमा वृद्धि भएको छ ।   

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।