सोह्रखुट्टेका डिएसपी खड्कामाथि कारबाही
काठमाडौँ २४ जेठ । सोह्रखुट्टेका डिएसपी दीपक खड्कालाई कारबाही गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले खड्कालाई आर्थिक अनियमिततामा नसियत दिइएको बताए। त्यस्तै खड्कामाथि छानविन गर्न पालले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पनि जानकारी दिए।
खड्कामाथि आर्थिक अनियमितता, जनतासँगको खराब व्यवहार, रात्रिकालीन व्यवसाय सञ्चालन भएको बखत ढिलोसम्म खुल्न दिएको लगायत आरोप छ । यद्यपी खड्काले आफूमाथि लगाइएको आर्थिक अनियमितताको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन्।