युएईमा कतार एयरवेजले दैनिक उडान सहित शारजाह सुरु गर्ने
काठमाडौँ । १ जुलाई २०२१ देखि कतार एयरवेजले दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनः सुुरु गर्ने भएको छ । शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फर्स्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू हुने एयरवेजले बताएको छ ।
हाल यस नेटवर्कमा १३० भन्दा बढी गन्तव्यहरु रहेकोमा अब एशिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्कमार्फत शारजाहसम्म वा शारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुने बताइएको छ । त्यस्तै जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना रहेको एयरवेजले जनाएको छ ।
विशेष गरी युएईमा दुबईबाट यात्रुहरूका लागि शारजा वैकल्पिक प्रवेशद्वार हुने कतार एयरवेजको फ्लाइट क्यूआर१३०६, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ः३५ मा प्रस्थान गर्दै १६ः४५ मा शारजाह पुग्नेछ । त्यसैगरी, कतार एयरवेजको दैनिक उडान क्यूआर१३०७ शारजाहबाट १७ः५५ मा प्रस्थान गर्दै र १८ः०५ मा दोहा पुग्न सकिने कम्पनीले जनाएको छ ।