एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ २४ जेठ । नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले २०७८ असार १ गतेदेखि राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७९ असार १ गतेसम्मको लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
त्यस्तै बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा र २६ करोड ७० लाख रुपैयाँ विकास बैंकमा र ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम वित्त कम्पनीहरूमा लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न आग्रह गरेको छ ।