image
image

आउँदो सातादेखि मौद्रिक नीतिको गृहकार्य गरिने; महाप्रसाद अधिकारी

काठमाडौँ, २४, सोमबार । सरकारले आउँदो हप्तादेखि मनिटरी पोलिसी (मौद्रिक नीति)को गृहकार्यग गर्ने भएको छ । हालै मात्र सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सरकारले ल्याउन लागेको मनिटरी पोलिसी आउँदो हप्तादेखि तयारी गर्ने गरी गृहकार्य शुरु गर्ने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । 

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित भर्चुअल बजेट समिक्षा तथा कार्यान्वयन विषय कार्यक्रमा बोल्दै गर्भनर अधिकारीले भने, ‘हामीले आउँदो हप्तादेखि आर्थिक वर्ष २०७८/७९ को मनिटरी पोलिसीको गृहकार्य गर्ने गरी तयारी गर्ने योजना बनाएका छौं । जलका लागि पहिलो चरणमा निजी क्षेत्रका व्यवसायीहरूसँग छुट्टा छुट्टै छलफल चलाइने छ । 

उक्त छलफलबाट समेत आएको सुझावहरूलाई समेट्दै अहिलेको विषम परिस्थितिमा मुलुकको स्वास्थ्य सुरक्षा, अर्थतन्त्रको पुनरुत्थान, व्यवसायिक सुरक्षा, बैंकिङ्ग प्रणाली, तरलता व्यवस्थापन, ब्याज कर्जाको व्यवस्था, वित्तीय क्षेत्रको सुधार तथा डिजिटल भूक्तानीको विकासको निरन्तरता लगायतको विषय वस्तुमा मनिटरी पोलिसी केन्द्रित हुने गर्भनर अधिकारीले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।