image
image

सुटकेश र झोला लिएर मन्त्री सोनलले छाडे क्वाटर

काठमाडौँ, २४, सोमबार। जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आजै मन्त्री क्वाटर छाडेका छन् । आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा।डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो । 

मन्त्री सोनलले क्वाटरबाट निस्किँदा एउटा सुटकेश र एउटा झोला लिएर निस्केका छन् । उनी बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् । सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका थिए । सोनलले विदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा पनि गरे का थिए ।

मन्त्री निवासबाट बाहिरिनु पूर्व उनले आफूलाई पार्टीले अन्य जिम्मेबार नदिएसम्म आफू प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।उनले कुरा गर्दै भने, ‘म मन्त्री रहुँ वा नरहूँ देश, प्रदेश र जनताको हित र विकासमा सदैव केन्द्रित भएर काम गरि रहनेछु ।’ उनले अगाडि ​ भने, पार्टीले दिएको जिम्मेवारी अनुसार प्रदेश २ मा काम गर्छु, जनकपुरमा डेरा जमाएर बस्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।