image
image

निगमले आफ्नै बोटलिङ प्लान्ट निर्माण गर्ने

काठमाडौँ - नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने  तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण  गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यसक्रममा  परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम  भइरहेको निगमले जनाएको छ ।

उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दैछौँ ।  अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ ।” 

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया  अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८/७९  सम्म  निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट  आफ्नै जग्गामा बनाइनेछ । प्लान्टका लागि निगमले झापामा  पाँच  बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको  १०  बिघा  र  सर्लाहीमा  २१ बिघा जमिन छ । दुवै स्थानमा  पाँच/पाँच  हजार  मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण  हुनेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।