image
image

नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ । यसका साथै वाणिज्य बैंकसँगै अरू समूहमा पनि मूल्य बढ्ने र करेक्सन आउने क्रम जारी छ । 

आइतबार कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ ।

दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

नेप्से सूचक ५० दशमलव १३ अंक बढेर २ हजार ९०६ दशमलव ८९ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस दिन २ सय १८ कम्पनीको १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँबराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर कारोबार भएका छन् ।

आइतबारको कारोबार रकम र सूचक दुवैमा नयाँ कीर्तिमान कायम गरेको बजारमा बैंक, अन्य र लगानी क्षेत्रमा रौनकता देखिएको छ । लामो समयदेखि बैंकहरूको मूल्य वृद्धि हुन नसकेको बजारमा आइतबार लगानीकर्ताको ध्यान मोडिएको छ । बैंक तथा वित्तीय समूहहरूमा चमक आउन थालेसँगै सेयर कारोबार रकममा थप तेजी आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।