ओमानमा भिजिट लगायत विभिन्न भिसा वाहकलाई पनि ‘वर्क पर्मिट’ दिने
काठमाडौँ । ओमनमा ‘भिजिट भिसा’ लाई ‘वर्क पर्मिट’ मा बदल्न पाइने भएको छ । ओमन सरकारले हालै ‘भिजिट भिसा’ मा प्रवेश गर्ने विदेशीको लागि ‘वर्क भिसा’ सम्बन्धी नियममा केही परिवर्तन गरेको जानकारी दिएको छ । आवासीय एकाईका मालिक तथा उनीहरुका परिवारका सदस्यका लागि दिइएको भिसा रोयल ओमन प्रहरीले ‘फरेनर्स रेसिडेन्सी ल’ को विनिमयको केही भाग संशोधन गर्न प्रस्ताव जारी गरेसँगै यो निर्णय लागू हुने भएको हो।
रोयल ओमन प्रहरी (आरओपी)का अनुसार यसका लागि परिवर्तित नियमअनुसार तोकिएका केही शर्तहरु भने पूरा गर्नुपर्ने छ। यी शर्त संयुक्त पारिवारिक भिसा र विद्यार्थी भिसाका साथै अन्य सन्दर्भमा पनि लागू हुनेछ। त्यस्तै जीसीसी देशका नागरिकलाई जारी गरिएको भिसा आफन्त, र साथीहरूलाई भेट्नको लागि दिइएको भिसा,एकल प्रवेश पर्यटक (सिगंल इन्ट्री टुरिस्ट) भिसा १० दिन वा १ महिनाको वैध–अवैध भएको),सिङ्गल तथा मल्टिपल इन्ट्री बिजनेस भिसा रुपान्तरण हुन सक्नेछन्।
साथै एक्सप्रेस भिसा (लगानीकर्ता ९इन्भेस्टर० भिसा, विद्यार्थी भिसा, जहाज तथा क्रुज जहाजमा यात्रा गर्ने यात्रीहरूको भिसा पनि रुपान्तरण गर्न सकिनेछ ।









