नेप्से नयाँ उचाईमा, कारोबार रकममा झन् बढी
काठमाडौं माघ २० । आज साताको तेस्रो दिन सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ। कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेर आज नेप्से परिसूचक ६५ दसमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

त्यस्तै आज दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् र ८ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २०० कम्पनीको १ करोड ५० लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ६२६.२ अंकले वृद्धि भएको छ ।