image
image

श्रमिकले खाइपाइ आएको सेवासुविधा घट्दैन; सामाजिक सुरक्षा कोष

काठमाडौँ २३ जेठ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको खाइपाइ आएको सेवासुविधा नघट्ने बताएको छ । कोषले केहि संचारमाध्यमा गलत प्रचार भएको भन्दै यो विषयमा प्रष्ट परेको हो । 

त्यस्तै कोषमा आबद्ध हुँदा खाइपाइ आएको सुविधा नघट्ने स्पष्ट व्यवस्था भएको कोषले जनाएको छ । श्रम ऐन, २०७४ को दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले यी विषयलाई समेटेको र श्रमिकले पाइरहेको सेवा सुविधा घटाउन नपाइने प्रत्याभूति हुँदाहुँदै यसरी आम नागरिकमा भ्रम छर्ने काम नगर्न कोषले आग्रह गरेको छ ।
साथै  सामाजिक सुरक्षा ऐन, २०७४ को दफा दफा १७ अनुसार तोकिएको समयभित्र कोषमा सूचीकरण नभएका वा नगराइएका श्रमिकले पनि रोजगार अवधिमा कुनै घटना भएमा त्यसबापतको सेवासुविधा रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था ऐनमा रहेको कोषले जनाएको छ । 
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।