साल्ट ट्रेडिङ्गको आम्दानी वृद्धि, कति भयो नाफा ?
काठमाडौँ २३ जेठ । । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको तुलनामा ५ दशमलव ४७ प्रतिशत खुद नाफा तथ्यांक सार्वजनिक गरेको छ । गत वर्ष सोही अवधिमा २ करोड ३९ लाख ८६ हजार मात्र खुद नाफा गरेकोमा चालु आवमा २ करोड ५२ लाख ९९ हजार खुद नाफा गरेको हो ।
त्यस्तै कर्पोरेशनको आम्दानी पनि २५ प्रतिशतले बढेको छ । गत वर्ष ४ अर्ब ७० करोड आम्दानी गरेकोमा यो वर्ष ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेको तथ्यांक सार्वजनिक गरेको छ । साथै कर्पोरेशनले कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार सुरक्षित गर्न सफल भएको छ जुन गतवर्षको तुलनामा ०.५४ प्रतिशतले बढी हो ।
हाल कम्पनीले १९ करोड २० लाख २४ हजार चुक्तापुँजी रहेको उल्लेख गरेको छ । त्यस्तै, ६.४७ प्रतिशतले कम्पनीको कुल सम्पत्ति बढाएर ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।