ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले साविकको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात कायम उक्त शेयर आइतवार नेप्सेमा सूचीकृत गराएको हो ।
ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई १ बराबर शून्य दशमलव ९० को अनुपातमा प्राप्ती गरेको हो । आइतवार सूचीकृत भएको यो शेयर सोमवारदेखि कारोबारयोग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यी दुई कम्पनीले प्राप्ती प्रकृया सम्पन्न गरी बैशाख ८ गतेदेखि एकिकृृत कारोबार सुरु गरेका हुन यी दुई कम्पनी एक भए पश्चात चुक्तापूँजी रू. ३३ करोड ८ लाख ८४ हजार पुगेको छ ।