श्रमिकलाई दिउँसोको चर्काे घाममा लगाउने ५४ कम्पनी कारवाहीमा, तीन दिन काम ठप्प
काठमाडौँ २३ जेठ। कतार सरकारले गर्मी महिनामा ३२ डिग्रीभन्दा माथि घाम भएको खुला ठाउँमा बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको छ । श्रमिकलाई दिउँसोको चर्काे घाममा काम लगाएपछि कतारका विभिन्न ५४ वटा कम्पनी कारवाहीमा परेका छन् । श्रमिकको स्वास्थ्य सुरक्षालाई ध्यान नदिइ घाममा काम लगाएपछि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले यी कम्पनीलाई कारवाही गरेको हो।
गत १ जुनदेखि ३ तारिखसम्म गरिएको निरीक्षणमा निर्माण, कृषि र उद्योग क्षेत्रका ५४ वटा कम्पनीले निर्देशन उल्लघंन गरेको पाइएको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले ती कम्पनीलाई कारवाहीस्वरुप तीन दिनसम्म काम ठप्प बनाएको बताएको छ। मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ।