image
image

साल्ट ट्रेडिङमा ग्राहकहरुको भीड, ग्यासको बिक्री बढ्दो

काठमाडौँ, २३, आइतबार । सरकारले बजेट मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्न, चामल, पिठो, नून चिनीसहित खाना पकाउने एलपी ग्यासमा समेत २० प्रतिशत छुट दिएपछि साल्ट ट्रेडिङमा ग्राहकहरुको भीड लागेको छ । गत बिहीबारदेखि कार्यान्वयनमा आएको छुट योजनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा दैनिक उपभोग्य वस्तु खरिद बिक्री केन्द्रहरुमा ग्राहकहरुको भीड लागेको हो । यस्तो भिड नून तेल, चामल खरिदमा भन्दा पनि ग्यास खरिदमा देखिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । 

त्यसो त गत शुक्रबार मात्र झण्डै साढे सात लाख बराबरको दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल सहित खाना पकाउने एलपी ग्यासको विक्री भएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । सूचना अधिकारी राजभण्डारीका अनुसार हिजो शनिबार परेकाले सबै विक्री केन्द्रहरु बन्द हुँदा त्यसको लोड आज आइतबार परेको छ । आज सर्वसाधारण ग्राहकहरू विहानै देखि ग्यासको सिलिन्डर लिएर लाइनमा बसिरहेको र गत शुक्रबारको तुलनामा आज थप विक्री कारोबार बढ्न सक्ने राजभण्डारीले रातोपाटीसँग बताए । 

हाल साल्ट ट्रेडिङले उपत्यकाका ६ स्थान छुटका दैनिक उपभोग्य वस्तुहरुको विक्री वितरण गरिरहेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ स्थानहरूबाट विक्री वितरण गरिरहेको छ । सरकारले कोभिड–१९ को प्रभाव सर्वसाधारणमा विशेष राहत उपलब्ध गराउने उद्देश्यले गत विहीबार देखि उपत्यकाभित्रका खाद्य कम्पनी र साल्टबाट विक्री वितरण हुने दैनिक उपभोग्य वस्तु चामल, पिठो, नून, तेल, चिनी,कर्णालीको सिमी र खाना पकाउने ग्यासमा अधिकतम २० प्रतिशतले छुट दिएको छ । यद्यपि यो छुट निषेधाज्ञा अवधिभर मात्र प्रदान गरिने सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।