विदेशबाट फर्केर च्याउ खेती गर्न थालेका कृष्णप्रसाद सुवेदी
काठमाडौँ, २३, आइतबार। श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका छन पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै आएका सुवेदी आफू त स्वरोजगार बनेका छन नै व्यावसायिक कृषिका माध्यमबाट अरूलाई पनि रोजगारी दिइरहेका छन ।
पोखरा–३३ बाघमारामा व्यावसायिक च्याउ खेतीका साथै अन्य विभिन्न यामअनुसारका तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका सुवेदीले टनेलभित्र लगाउनुभएका गोलभेँडा यतिखेर बजारमा पुग्न थालेका छन् । कोरोना कहरबीच पनि टनेलबाटै गोलभेँडा बिक्री हुन थालेपछि उनलाई बजारको चिन्ता छैन । “निषेधाज्ञाका कारण बाहिरबाट तरकारी नआउने भएकाले उत्पादन गर्न सके बारीबाटै बिक्री हुन्छ”, उनले भने ।
तीन टनेलमा गोलभेँडा राम्रै फलेको बताउँदै उनले बजारमा बिक्रीसमेत हुन थालेको जानकारी दिए । अघिल्लो याममा च्याउ खेतीबाट झण्डै रु पाँच–छ लाखसम्म आम्दानी गरेको उनले जानकारी दिए । आगामी दिनमा कुरिलो खेती गर्ने उनको सोच छ । जारी निषेधाज्ञाका कारण कच्चापदार्थको अभावका साथै काम गर्ने मजदूरको पनि अभाव हुँदा भने समस्या पर्ने गरेको उनको भनाइ छ ।
व्यावसायिक कृषिमा सुवेदीको लगाव भने वैदेशिक रोजगारीबाट फर्केपछि भएको हो । डेढ दशकअघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कका सुवेदी त्यसपछि भने कहिल्यै विदेश जानुभएन ।
मलेसियाबाट फर्केलगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीबाट आफू व्यावसायिक खेतीतर्फ आकर्षित भएको उनले बताए।त्यसयताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेका सुवेदीले हाल भने बाघमारास्थित महाकाली चोकमा च्याउ खेतीसहित तरकारी खेती गर्दै आएका छन ।
कोरोना महामारीसँगै हुने गरेका निषेधाज्ञा आदिले सामान ढुवानीलगायत कृषिजन्य उत्पादनका लागि आवश्यक कच्चापदार्थ ल्याउन समस्या पर्ने गरेको कृषकको गुनासो छ । तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रै महिना गर्न सकिने सुवेदीको अनुभव छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उनले बताए ।
च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उनले सुनाए। कोरोना कहरका रोजगारी गुमाएका युवालाई व्यावसायिक कृषिमा लाग्न सके बेरोजगार बस्नु नपर्ने सुवेदीको सुझाव छ ।