image
image

संक्रमित बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा; एक गाँउपालिमा सिल

काठमाडौँ, २३, आइतबार। हिमाली जिल्ला मुगुमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमणले व्यापक रुप लिइरहेको छ । संक्रमितहरू बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा पनि बढाएको छ भने खत्याड गाउँपालिका सिल नै गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुले गएको वैशाख २२ गते राति १२ बजेबाट नेपाल सरकारले तोकेका जनस्वास्थ्य मापदण्ड कडाइका साथ अपनाई पालना गर्ने हिसाबले एक एक हप्ताको निषेधाज्ञा जारी गरेको थियो । जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार पछिल्लो समयमा मुगुमा प्रत्येक दिन कोरोनाको परीक्षण गर्दा निम्नतम ५ देखि माथि संक्रमितहरु फेला पर्न थालेपछि जेठ ३१ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थपिएको हो । सदरमुकाम गमगढी बजार र चारवटा स्थानीय तहहरुमा समेत लागु हुनेगरी निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीले जानकारी दिए ।

पछिल्लो समय मुगुमा १ हजार ९७५ जनाको एन्टिजन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको छ । हाल जिल्ला अस्पतालमा २ जना संक्रमितको उपचार भैरहेको छ भने स्वास्थ्य केन्द्र रातापानीमा १४ जनाको उपचार भैरहेको छ । होम आइसोलेसनमा १९० जना रहेको, आजसम्म कोरोना भाइरस जितेर घर जानेको संख्या १६९ जना रहेको स्वास्थ्य सेवा कार्यालय मुगुका खोप फोकल पर्सन दिप बहादुर रावलले बताए  ।

यता खत्याड गाँउ पालिकामा पनि ब्यापका रुपमा कोरोना भाईरसका संक्रमितको संख्या बढे पछि गाँउपालिकाको निर्णयअनुसार जेठ २१ गते राति १२ बजेबाट लागु हुनेगरी जेठ ३१ गते राती १२ बजे सम्म सिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।