image
image

एनसेलको विन्टर अफर: सुलभ दरमै भारत कल गर्न सकिने 

काठमाण्डौ । एनसेल प्रिपेड ग्राहकले अब सुलभ दरमा नै भारतमा रहेका साथीभाई तथा परिवारसंग कुरा गर्न पाउने भएका छन। एनसेल 
आजियाटा लिमिटेडले विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी  दुईवटा भ्वाइस प्याकहरु ल्याएको छ। जसमा दैनिक र ३ दिने सहुलियत प्याक रहेका छन ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन्। दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ। यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास (#१७११८#७#१*) डायल गर्न सक्छन्। 

त्यस्तैगरी विन्टर अफरअन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ। तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रति मिनेट (कर सहित रु २.५४ प्रति मिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन्।

भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क रु २.९९ प्रतिमिनेट (कर सहित रु ३.८२ प्रति मिनेट) रहेको छ। प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन्। आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।