image
image

नेपाल बंगलादेश बैंकको २६ औँ वार्षिकोत्सवको अवसरमा ६६ लाख बराबरको सहयोग

काठमाडौं, २३, आइतबार । नेपाल बंगलादेश बैंकले २७औँ वार्षिकोत्सव मनाएको छ । बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो ।नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा स्ञ्चालित बैंक हो । यस बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ ।

बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा दिँदै आएको जनाएको छ । बैंकले हाल नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २,५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको जनाएको छ । साथै, सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टीकापुर अस्पताललाई चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरिद गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।