image
image

बुर्किना फासोको एक गाउँमा आतंककारी हमला, १३२ को ज्यान गयो

 काठमाडौं, २३, आइतबार । पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।

रातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले छन् ।बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण मानेको छ ।

यस आक्रमणको लागि अहिलेसम्म कुनै कट्टरपन्थी समूहले जिम्मेवारी लिएको छैन । तर पछिल्ला वर्षहरुमा इस्लामी कट्टरपन्थी समूहको आक्रमणले देशको सीमावर्ती क्षेत्रहरु, विशेष गरी नाइजर र मालीको सिमाना अशान्त हुने गरेकोले सोही समूहले आक्रमण गरेको हुन सक्ने आकलन गरिएको छ ।

घटनाको संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् ।उनले विज्ञप्ति निकाल्दै भनेका छन्, “म यस जघन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसविरुद्ध भएका मृत्यु विरुद्ध लड्नेबारे सहयोग गर्न सबै देशहरूसँग आह्वान पनि गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।