image
image

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य; कति पुग्यो ?

काठमाडौं, २३, आइतबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल, डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल÷डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यसअनुसार पेट्रोल प्रतिलिटर मूल्य १ सय २५ डिजेल÷मट्टीतेल १ सय ८ र हवाई इन्धन आन्तरिक तर्फ ८० रुपैयाँ भएको छ ।

निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजन पछि पनि निगमलाई घाटा रहेको निगमले बताएको छ ।मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २ सय ५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।