image
image

होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ

काठमाडौँ, २३, आइतबार । दाङमा होटलमा जुवा खेलिरहेको ६ जना पक्राउ परेका छन् । शनिबार बेलुका ६ बजेतिर घोराही उपमहानगरपालिका-१५ स्थित गौरीदीप होटलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक मोहनजंग थापाको कमाण्डमा खटिएको प्रहरीले टोलीले छापा मोरर जुवाडे समातेको हो।

होटल साहुसहित ६ जनाबाट एक लाख ३९ हजार सात सय नगद बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।उक्त होटल जिल्ला प्रहरी कार्यालयदेखि तीन सय मिटर दक्षिणमा छ।

पक्राउ पर्नेमा घोराही १५ का ४१ वर्षीय सुधीर न्यौपाने, ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोखरेल, २९ वर्षीय भीम खत्री, २४ वर्षीय होमराज रोका र होटलका साहु २९ वर्षीय दीपक थापा रहेको रिजालले बताए।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।