तगारो बन्दै नेपाल आउने यात्रुलाई नयाँ मापदण्ड
काठमाडौँ । सरकारले विदेश बाट आउनेका लागि नयाँ मापदण्ड तोकेको छ । देशबाट नेपाल भित्रिने यात्रुले पीसीआर परीक्षण गरेको बारकोड र फोटोसहितको विवरण पेश नियम लागू गरिएको छ । तर, यो मापदण्डले यात्रुलाई समस्या सिर्जना गरेको छ ।
सोहि विषयमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रभल्स(नाट्टा), नेपाल टुरिजम बोर्ड लगायतलाई यात्रुका गुनाशा आउन थालेका छन् । यस्तै देशबाट नेपाल भित्रिने यात्रुको हकमा ७२ घण्टाको आरटी पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ र खोप लगाएकाहरुको लागि क्वारेन्टिन अनिवार्य नगर्न नाट्टाले प्रस्ताव गरेको छ ।
त्यस्तैगरि स्वास्थय मापदण्डको पालनामा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई थप नियमित उडान गर्नका लागि अनुमति दिन पनि आग्रह गरेको छ ।जारी निषेधाज्ञाबीच भारतसँगै टर्की, चीन र कतारमा नियमित उडान सञ्चालन गर्ने निर्णयपछि सरकारले नेपाल आउने यात्रुका लागि नयाँ मापदण्ड ल्याएको हो ।जसअनुसार नेपाल भित्रिनुअघि यात्रुले ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, फोटो तथा बारकोडसहितको स्वाब संकलनको विवरण पेश गर्नुपर्ने हुन्छ ।
साथै यात्रुको होटल बुकिङ र पछिल्लो ७२ घण्टाको बारकोड र फोटोसहितको पीसीआर नेगेटिभ रिपोर्ट भएमा मात्रै बोर्डिङ पास जारी गर्ने प्रावधान तोकिएको छ । विदेशमा बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट नदिने नियम भएकाले नेपाल आउन समस्या भएको हो ।