कोरोना कहरः किसानलाई खेती गर्नैपर्ने वाध्यता
काठमाडौं, २२, शनिबार । यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग, व्यापार व्यवसायलगायतका सबै क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका छन् ।
कोरोनाको जोखिम यथावत् रहँदा किसानलाई बर्खे धानबालीको खेती गर्ने समय आइसकेको छ । यो रोगको जोखिम मोलेर भए पनि खेती गर्नै पर्ने वाध्यता रहेको किसानहरु बताउँछन् । धनगढी उपमहानगरपालिका—१३ का किसान वीरबहादुर चौधरी कोरोना फैलिने त्रास भए पनि खेती गर्नै पर्ने वाध्यतामा आफूहरु रहेको बताउँछन ।
धान खेती गर्ने तयारीस्वरूप किसान यतिबेला आआफ्ना खेत खनजोतमा लाग्न थालेका छन् । कोरोना महामारीका बीच अहिले किसानलाई धानको ब्याड छर्न भ्याइनभ्याइ पनि छ । अहिले राखेको ब्याड असारको दोस्रो हप्तामा तयार भएपछि रोपाइँ गरिन्छ । रोपाइँ गर्दा चाहिने रासायनिक मलको व्यवस्थापन समयमै कसरी गर्ने भन्ने चिन्ता पनि धेरै किसानलाई छ ।
धानको ब्याडमा सिँचाइ गरिरहेको भेटिनुभएका धनगढीकै अर्का किसान गुलाब रानाथारुले भने, ‘कोरोना महामारी नफैलियोस् भनेर किसान सचेत भएर खेतीको काम गरिरहेका छन्, महामारी भए पनि पेट पाल्नका लागि खेतीको काम नगरी नहुने वाध्यता छ ।’ बैंकबाट ऋण निकालेर ट्र्याक्टर खरिद गर्नुभएका उहाँले कोरोना सङ्क्रमण रोक्न लगाइएको निषेधाज्ञाका कारण एक महिनाभन्दा बढी समयदेखि ट्र्याक्टर चलाउन पाएका छैन ।
यसैबीच कोरोना महामारीको जोखिमका बीच बर्खे धानबालीको खेती गर्ने तयारी गरिरहेका किसानले रासायनिक मलको सहज आपूर्ति नभइरहेको बताएका छन् । कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण मल विक्रेता सहकारी संस्थालाई आवश्यक परिमाणमा मल ढुवानी गर्न समस्या भइरहेकाले चाहिने जति मल नपाउने गरेको गुनासो उनीहरुको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड धनगढी कार्यालयले निषेधाज्ञा जारी हुँदा पनि यही जेठ ९ गतेदेखि जिल्लाभरि मल बिक्री वितरणको व्यवस्था गरिएको जनाएको छ । कार्यालयको गोदाममा हाल झण्डै ७०० मेट्रिक टन डिएपी, ५० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।कार्यालयका कर्मचारी रुपबहादुर कुँवरले भने, ‘भैरहवाबाट ढुवानी गरेर ल्याउनुपर्ने युरिया मल हाल ढुवानी हुन नसक्दा किसानलाई पर्याप्त मल उपलब्ध गराउन सकिएको छैन ।’ सामग्री कम्पनीबाहेक साल्ट ट्रेडिङ कर्पोरेशनले पनि आफ्ना अधिकृत बिक्रेतामार्फत् मल बिक्री वितरण गर्दै आएको छ ।
कृषकलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउन प्रदेश सरकार र साल्ट ट्रेडिङ कर्पोशन धनगढी कार्यालयबीच केही महिनाअघि एक सम्झौता गरिएको थियो । यसका लागि प्रदेश सरकारले कर्पोरेशनलाई रु एक करोडको बजेटको व्यवस्था गरेको छ ।कर्पोरेशनले डिएपी र युरिया मलका साथै युरिया मलको विकल्पमा प्रयोग गर्न सकिने एमोनियम सल्फेट र डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्फेट मलसमेत विक्री वितरण गर्दै आएको छ ।