image

किन घटेन रेमिट्यान्स आय ?

काठमाडौं ।सिङ्गो विश्व कोरोना महामारीसँग जुध्न थालेको एक वर्ष पूरा भएको छ । यसले मानव स्वास्थ्यमाथि सोझो हमला गर्नुका अतिरिक्त हालसम्म विश्वव्यापी रूपमा करिब २० लाख मानिसहरू यहीकारण मृत्युवरण गर्नपुगेका छन् । एक वर्षभन्दा बढी अवधिदेखि चलिरहेको कोरोना कहरले विश्व अर्थतन्त्र सँगसँगै नेपाली अर्थतन्त्रमा समेत बहुआयामिक असरहरू देखापरिरहेका छन् । तथापि यसकिसिमको चौतर्फी निराशाजनक स्थितिमा नेपाली अर्थतन्त्रको टेकोका रूपमा रहेको रेमिट्यान्स आयको स्थिति भने पूर्वानुमान गरिएभन्दा सन्तोषजनक अवस्थामा रहेको देखिएको छ ।यो समाचार आजको आर्थिक  दैनिकमा प्रकाशित छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महिने अवधिमा नेपालमा चार खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा परिणत गरेर हेर्दा उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १० दशमलव ९ प्रतिशतले बढी हुनआउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ नेपालमा आठ खर्ब ७५ अर्ब करोड रेमिट्यान्स भित्रिएको थियो । यसरी हेर्दा, यस आर्थिक वर्षको पहिलो ५ महिनाभित्रै गत आर्थिक वर्षको पूरा अवधिको आधा हिस्सा रेमिट्यान्स देशमा भित्रिसकेको छ । कोरोना महामारीको पछिल्लो सन्दर्भमा नेपालमा भित्रिएको रेमिट्यान्सको यो हिस्सा आफैँमा सन्तोषजनक रहेको छ । यसअघि, विश्व बैंक र अक्सफोर्ड विश्वविद्यालयले संयुक्तरूपमा गरेको अध्ययन प्रतिवेदनले गएको वर्ष सन् २०२० मा रेमिट्यान्स आयमा २० प्रतिशतले गिरावट आउनसक्ने अनुमान गरेको थियो ।

यसैगरी, एसियाली विकास बैंकले नेपाल भित्रने रेमिट्यान्स आय करिब २९ प्रतिशतसम्म ओरालो लाग्नसक्ने आंकलन सार्वजनिक गरेको थियो । यता केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकले क्रमशः १८ प्रतिशत र १५ प्रतिशतले नेपाल भित्रिने रेमिट्यान्समा गिरावट हुने प्रक्षेपण सार्वजनिक गरेका थिए । कोरोना भाइरस महामारीको प्रभाव स्वरूप नेपालमा भित्रिने रेमिट्यान्स आयमा भारी गिरावट हुनसक्ने यसखालका पूर्वानुमानलाई नेपाल राष्ट्र बैंकद्वारा केही दिनअघि प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनको तथ्यांकले गलत साबित गरिदिएको छ ।

रेमिट्यान्सको अंक विगत वर्षहरूमा जस्तो तीव्र गतिमा उकालो नलागेको भए पनि मध्यम गतिमा उकालो नै लागिरहेको देखिन्छ । अर्थात्, रोजगारीका लागि विदेशिने नेपालीहरूको संख्यामा उल्लेख्य गिरावट आए पनि तत्कालै रेमिट्यान्स आयमा भने गिरावट आएको छैन । विश्वव्यापीरूपमा देखिएको महामारीका कारण धेरै रोजगारदाताले रोजगारी कटौती गर्ने, कामदारहरूको तलव, ज्याला घट्नेलगायतका कारण रेमिट्यान्स आयमा ठूलै गिरावट आउने अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।