image
image

मलाई बचाउनुस्, म बाच्न चाहन्छु भन्दै मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै अछामका पत्रकार

काठमाडौँ, २२, शनिबार । अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।

छाउपडीका कथा, दुरदराजका समस्या एवं वास्तविकताको आवाज बोल्ने एउटा सक्रिय पत्रकार आज यसै ढलिरहेछ । ‘उनी भन्छन्, कयौँ वैकल्पिक उपचार पद्दति अपनाउँदा एक वर्ष बित्यो । तर, मेरो स्वास्थ्य झनझन बिग्रँदै गइरहेको छ । अहिलेसम्म उपचार लगायत सबै खर्च गरेर करिब १८ लाख सकियो । तर, अन्तिममा तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो ।’

तत्काल मृगौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने उनलाई बताएका छन् । नयाँ मृगौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने हुँदा अहिले उनी आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् ।पत्रकार बीसी भन्छन् ‘जीवनको अन्तिम घडीमा एकपटक यहाँहरुको सहयोगको आशा गरेको छु, मलाई बचाउनुहोस्, म बाच्न चाहन्छु।’

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।