image
image

उपत्यकामा कुखुराको दाना र चल्ला ढुवानीमा अझै समस्या

काठमाडौँ, २२, शनिबार । काठमाडौं उपत्यकामा कुखुराको मासु, चल्ला र अण्डाजन्य वस्तुको ढुवानीमा अझै समस्या भएको व्यवसायीले बताएका छन । निषेधाज्ञा थप गर्दै अत्यावश्यक वस्तुको ढुवानीमा सहज गर्ने सरकारले बताइरहँदा काठमाडौं उपत्यकामा भने अझै पोल्ट्रीजन्य वस्तुको ढुवानी अवरोध भएको हो ।नेपाल पोल्ट्री व्यवसाय महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराका चल्ला, दाना र अण्डा बोकेका सवारीसाधन अहिले पनि काठमाडौं उपत्यका विभिन्न ठाउँमा रोकतोक भइरहेको बताए ।

कुखुरापालक किसान संघका गणेश कुँवरले पनि कुखुराको मासु, दाना र चल्ला ढुवानी सहज नभएको बताए । ‘बिहान कुखुराका चल्ला र दाना लिएर गयो । फर्कदा ९ बजिसक्छ । त्यसपछि शुरक्षा निकायबाट ठाउँको ठाउँ ढुवानी रोकिएको हुन्छ ।’ उनले बताए । नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछाने अझै पनि कुखुराको दाना र चल्ला ढुवानीमा समस्या देखिएको बताए । 

उनले सरकारले लगाएको निषेधाज्ञाका बेला कुखुराको मासु, चल्ला, दाना लगायतका वस्तु ढुवानी अहिले पनि समस्या भएको बताए । त्यस्तै, पोल्ट्री व्यवसायी अशेष भटराइले कुखुराको दाना ढुवानीमा अहिले पनि स्थानीय प्रशासनले अवरोध गरिरहेको बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।