image
image

 फौजी किराको फैलावटले किसान समस्यामा

काठमाडौँ, २२, शनिबार । ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप पारेपछि थप चिन्तीत बनेका छन् । किसानलाई यतिबेला कोरोेना भन्दा फौजी किराको आतङ्क खपि नसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७ माम्खाको डाँडागाउँका किसान कृष्णकुमार राईले बताए।ओखलढुङ्गा र आसपासका जिल्लाका किसानलाई केही वर्षयता निरन्तर फौजी किराले सताउँदै आएको छ । लिखु, दुधकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बढी फैलिएको फौजीको असर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ । 

विगतमा फौजी आंतक रोक्न किसानले विषादी प्रयोग गर्ने भएपनि यसवर्ष कोरोना कहर रोक्न जारी  निषेधाज्ञाका कारण किन्न पाएका छैनन् । बेलैमा उपचार नहुँदा मकैको गुबोमा किरा खोजेर हातैले मार्न थालिएको मानेभञ्याङ्ग गाउँपालिका वडा नं ५ धिम्लेका टिक बहादुर श्रेष्ठको भनाई छ । “यसरी मारेर के साध्य हुन्थ्यो होला र”, उनले भने ।  भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैबाली कामै नलाग्ने बनाएको छ । फौजीले आतंक मच्चाएका क्षेत्रका किसान मकैबारी फेरि जोतेर अर्को बाली लगाउनुपर्ने बाध्यतामा पुगिसकेका छन् । 

बाली विज्ञान तथा संरक्षण विभागले अमेरिकन फौजी किराको लागि तीन किसिमका विषादी सिफारिस गरेको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगा र स्थानीय तहहरुले फौजी किरा नियन्त्रण गर्नको लागि विषादी पठाए पनि मोलुङ्ग गाउँपालिकाको वडा नं १ कुन्तादेवीका कृषकहरुले भने फौजी किरा नियन्त्रण गर्नको लागि कुनै पनि औषधि पाएका छैनन् ।

प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै ओखलढुंगामा १२ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार सो क्षेत्रफल मध्ये हालसम्म सिद्धिचरण नगरपालिका सहित जिल्लाको  चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी र लिखु गाउँपालिकाका करिब ३ हजार १ सय हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप फौलिसकेको छ । 

कोरोनाको कहरमा फौजी किरा प्रकोप तीव्र रुपमा फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न जिल्लाको सबै स्थानीय तहलाई विषादी पठाइसकेको र समस्यामा परेर कार्यालयमा आउने कृषकहरुलाई समेत वितरण गरिने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आलेले बताए । प्रमुख आलेले भने, “फौजीले धेरै नै दुःख दिएको छ । यसको नियन्त्रणका लागि स्थानीय तह मार्फत औषधि त पठाएका थियौं । सबै किसानमाझ पुगेन होला । फेरि पनि समस्यामा परेका किसानलाई हामी सहयोग गर्छौं ।” फौजीको फैलावट बेलैमा नियन्त्रण गर्न नसके झन समस्या आउने आलेको भनाई छ । 

कृषि प्राविधिकहरुका अनुसार फौजी किराको आयु १२ दिनसम्मको हुन्छ । यो दिन भन्दा रातमा सक्रिय हुन्छ । यसको वयस्क किराले एक पटकमा २४ सय वटासम्म फुल पर्ने गर्दछ । विकासक्रम पनि तीव्र हुने भएकाले यो चाँडै फैलने गर्दछ । एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा मध्यम चरणमा पुगेको अवस्थामा भने नियन्त्रण गर्ने उपाय छैन । गुबो र डाँठ जोगिएका मकै भने औषधि प्रयोग गरेर जोगाउन सकिने कृषिविज्ञहरु बताउँछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।