दिल्लीका मुख्यमन्त्रीले कोरोना संक्रमणको तेस्रो लहर विरुद्ध तयारी गर्दै
काठमाडौँ, २१, शुक्रबार। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिड–१९ को तेस्रो महामारी विरुद्ध अहिलेदेखि नै तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।
तेस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको नियन्त्रणका तथा रोकथामका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् ।दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।
स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ । मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाएका छन् । त्यसले तेस्रो चरणको कोरोना भाइरस संक्रमण महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।