तनहुँमा थप निषेधाज्ञा जारी
काठमाडौँ, २१, शुक्रबार । तनहुँमा थप निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ३१ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।जिल्लामा कोरोना भाइरस संक्रमणदर बढेपछि निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रशासनले बताएको छ ।निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न पसल, तरकारी, फलफुल, दुग्ध पदार्थ लगायतका अत्यावश्यक पसल खुल्न पाउनेछन् । मेडिकल तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध रहनेछ ।









