निषेधाज्ञाले फूल बोटमै सुक्यो, चिन्तामा किसान
काठमाडौँ, २१, शुक्रबार । काठमाडौँको नागार्जुन नगरपालिका–५ इचङ्गुनारायण पुष्प खेतीका लागि प्रख्यात ठाउँ हो। त्यहाँ अहिले किसानले सयपत्री, लाहुरे, गुर्धली फूलहरु लगाइरहेका छन्। यस वर्ष कोभिड महामारीका कारण बजार बन्द हुँदा फूल विक्री भएको छैन।फूल सुकेर यसै खेर गइरहेको छ । व्यवसायीलाई लाखौँ घाटा भएको किसानहरुले गुनासो गरिरहेका छन्।
कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष पनि खेतमै फूल सुक्न थालेको व्यवसायी राजु लामाले बताए। गत वर्ष पनि यही समयमा लकडाउन भएका कारण फूल नबिकेर घाटा भएकाले कति कृषकले त भाडामा लिएको खेत बाँझै राखेका छन् ।