पुष्प खड्का भन्छन्; मलाई किसान हुनुमा गर्व छ
काठमाडौँ, २१, शुक्रबार । कोरोना भाइरस संक्रमणका कारण उपत्यका भन्दा बाहिर घर भएका मानिसहरु आफ्नो गाउँ तर्फ गएका छन् । त्यस्तै नायक पुष्प खड्का पनि यो समयमा कैलाली पुगेका छन् । गत वर्षको लकडान नायक पुष्प खड्काले काठमाडौंमा विताए। यसवर्ष निषेधाज्ञा पनि पुष्प काठमाडौंमा नै थिए । तर, निषेधाज्ञाको एक महिनापछि भने पुष्प गृहजिल्ला कैलाली पुगेका हुन् ।
काठमाडौंमा बस्दा दिक्क लागिरहेको थियो । यसैले, आफ्नै घरमा आएको छु । यहाँ आउँदा निकै रमाइलो लागिरहेको छ ।’उनी घर पुगेको अर्को दिन कोदालो लिएर बारीमा पुगे र केही घन्टा बारीमै बिता । उनले सामाजिक सञ्जाल फेसबुकमा बारीमा काम गर्दै गरेका दुई तस्वीर समेत पोष्ट गरे । उनले लेखेका थिए–‘नेपाल कृषिप्रधान देश हो । म आफू किसान हुनुमा गर्व लाग्छ ।’ घरमा गएयता उनले दैनिक केही समय बारीमै बिताउन थालेका छन् ।
‘अरुलाई देखाउनका लागि मात्रै तस्वीर खिचेको होइन । मलाई एउटा किसानले गर्नुपर्ने हरेक कामहरु आउँछ । काठमाडौं जानुअघि धेरै कामहरु गर्थेँ’ पुष्पले सुनाए–‘घाँस काट्ने, गोबर फाल्ने, दूध दुहुने, खेतमा आली लगाउने, जोत्ने सबै काम गरेको छु । अहिले पनि ति कामहरु गर्दा आनन्द लाग्छ ।’
पुष्पले निषेधाज्ञापछि घर पुगेर नजिकैको खेतमा आली लगाए । खन्ने, गोडमेल गर्ने काम गरे । ‘मकै र मुसुरो लगाउने सिजन हो अहिले, धान रोप्ने तयारी पनि हुँदैछ ।’, पुष्पले भने । ‘काठमाडौंमा वर्कआउट पनि गर्न पाएको थिइनँ । अहिले खेतमा काम गर्दा वर्कआउट पनि हुने, परिवार एवं काम गर्ने ब्यक्तिहरुलाई पनि सहयोग हुने । आनन्द लागिरहेको छ’ पुष्पले उत्साहित हुँदै भने ।
पुष्प कृषिबारे आफूले राम्रोसँग बुझेको र आफू किसान हुनुमा गर्व गर्ने बताउँछन् । ‘कतिपय मानिसहरुलाई किसान भन्दा लाज लाग्न सक्छ । तर जसले जति भनेपनि नेपालमा ७० देखि ८० प्रतिशत मानिसहरु कृषिमा जोडिएका छन् । अहिलेका बालबच्चा, युवायुवतीहरु बोर्डिङमा पढेका होलान् । तर, उनीहरुको अभिभावकहरुमा कृषिको ज्ञान ९५ प्रतिशत हुन्छ जस्तो लाग्छ’ पुष्प सुनाउँछन्, ‘यसमा कसैले गाह्रो एव लाज मान्न आवश्यक छैन् । म कलाकारितामा सक्रिय भएपनि मेरो ब्याकग्राउण्ड कृषि हो । म किसानको छोरा हुँ । म आफू किसान पनि हुँ ।’
‘खेतीपाती गर्दा एकदमै दुःख हुन्छ । धेरै मिहिनेत गर्न परेको हुन्छ । तर, त्यो मिहिनेत अनुसारको मूल्य किसानले पाएजस्तो लाग्दैन’ उनी भन्छन्– ‘खेतीकिसानीमा लाग्नेजति मिहिनेत हामीले अरुमा गर्यो भने त्यो भन्दा राम्रो कमाई भएको हुन्छ । यसमा मूख्य कमजोरी सरकारको छ ।’ धान, गहुँकै कुरा गर्दा यसको राम्रो मूल्य किसानले पाउन नसकेको उनले बताए ।
सरकारले नेपालमै धान, गहुँ प्रशोधनको उचित प्रबन्ध मिलाएर यहि प्याकिङ हुने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ ।मलमा पनि नेपाल भारतमा आत्मनिर्भर हुने गरेको छ । पछिल्लो समय गाई भैसी पाल्ने क्रम पनि घट्दै गएकाले हिजोआज मलको आत्मनिर्भरता भारतप्रति अझ बढी रहेको उनको बुझाई छ ।