यूएईमा श्रमिकलाई घाममा काम लगाउन नपाईने, लगाए जरिवाना तिर्न पर्ने
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा श्रमिकलाई घाममा काम लगाउन नापाउने नियम लागू गरिने भएको छ ।यूएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउने कम्पनीले ५० हजार दिरामसम्मको जरिवाना तिर्नुपर्ने बताएको छ ।
उक्त नियम अनुसार साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन पाउने छैन। यो नियम सेप्टेम्बर १५ सम्म लागु हुने बताईएको छ ।
त्यस्तै नयाँ नियमअनुसार श्रमिकको दैनिक कामको अवधि ८ घण्टा बढी नहुने स्पस्ट पारिएको छ भने दिउँसो मध्य घाममा काम गर्न अफ्ठेरो भए साँझको समय परिवर्तन गर्न सकिने बताइएको छ। साथै कुनै पनि श्रमिकले २४ घण्टाभित्र ८ घण्टाभन्दा बढी काम गरेको छ भने उसलाई ओभर टाइमको पैसा उपलब्ध गराउन पनि नियममा स्पष्ट पारिएको छ।