image
image

निषेधाज्ञामा दैनिक १ सय ३० मेट्रिक्टन तरकारी खपत

काठमाडौँ, २१, शुक्रबार । कोरोना भाइरस संक्रमणका कारण निषेधज्ञा जारी गरेको अवस्थामा पनि पोखरामा दैनिक एक सय ३० देखि एक सय ५० मेट्रिक्टन तरकारी खपत हुने गरेको छ ।कोरोनाको महामारी जारी रहेको बेला प्रायः होटल तथा रेष्टुरेण्टहरु बन्द भएकाले अन्य समय भन्दा यस समयमा करिब २० प्रतिशत कम तरकारी खपत हुने गरेको शान्ति वनवाटिकास्थित कृषि उपज थोक बजार कार्यालयका योजना शाखा सहायक रुपा दाहालले बताइन् ।

अन्य सिजनमा पोखरामा करिब दैनिक १ सय ५० देखि एक सय ८० मेट्रिक्टनसम्म तरकारी खपत हुने गरेको उनको दावी छ । उनले भनिन्, “बजारको माग अनुसार मूल्य घटबढ हुने हो, यतिबेला खासै तरकारीको माग धेरै छैन, मूल्य स्थिर रहेको छ ।” पोखरामा हिजोआज करिब ७० प्रतिशत भन्दा बढी हरियो तरकारी भने यस क्षेत्रकै भएको उनले जनाइन् ।

कोरोनाको समयमा फलफूल तरकारी किन्ने उपभोक्ताहरुले भने स्वास्थ्यका मापदण्ड पालना कायम नगरेको तरकारी बिक्रेताहरुको गुनासो छ । फलफूल तरकारी बिक्रेताको भने हात हातमा तथा खल्तीमा सेनिटाइजरसहित फलफूल तरकारी बिक्री गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।