image
image

जुन ५ देखि सामान्य मनसुन भित्रिने

काठमाडौं, २१, शुक्रबार । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमी प्रणालीमा अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रहनेछ । बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने  सम्भावना रहेको विभागले जनाएको छ । 

यसैबीच, आज बिहान ६ बजे न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो २९–३१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “काठमाडौंमा आज आंशिक बदली हुने छ । घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने छ । तर, वर्षाको सम्भावना भने कमै छ,” उनी भन्छिन् । 

सामान्यतः जुन ५ बाट मनसुन भित्रिन्छ भनिए पनि विगत केही वर्षदेखि यो समयमा परिवर्तन आएको छ । त्यसैले यो वर्ष पनि जुन ५ बाटै मनसुन सुरु हुने देखिएको छ । “जुन १० तारिकबाट मनसुन सुरु हुने देखिएको छ यो वर्ष । हामीले गरेको मौसमी प्रणालीको यो अध्ययन अनुसार यो वर्ष जुन १० बाट मनसुन सुरु हुने छ,” मौसमविद् मानन्धर भन्छिन्, “त्यसयता केही ठाउँमा सामान्य पानी परे पनि मौसममा बदलीमात्रै हुने छ, तर ठूलो वर्षा हुने छैन ।” 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।