image
image

शेयर बजारको कारोबार ठूलो भएपछि सेबोनले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । नेपालको शेयर बजारमा दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाउदै उच्च कारोबार भइरहेकोले राफसाफ कोषमा न्यून रकम जम्मा भएप्रति नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन बृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन बोर्डले नेपाल स्टक एक्स्चेञ्जलाई निर्देशन दिएको छ ।

राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रकम जम्मा हुने व्यवस्था अबिलम्व गर्नुपर्ने भएको हुँदा देहाय अनुसारको व्यवस्था गर्न बोर्डको निर्णयानुसार नेप्सेलाई निर्देशन दिइएको विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७।७८ भित्र रु. ५० करोड, आर्थिक वर्ष २०७८।७९ भित्र थप रु. ३० करोड र आर्थिक वर्ष २०७९।८० भित्र थप रु. २० करोड गरी कुल रु. १ अर्व रकमको कार्यान्वयन योग्य कोष स्थापना र संचालन गर्न निर्देशन दिएको छ । 

राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम र राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम जम्मा गर्न पर्ने प्रवधान रहेको बोर्डले उल्लेख गरेको छ । 

उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । 

थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदान भन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्ने धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था गरेको छ । राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्न समेत निर्देशन दिएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।