कुवेतको लकडाउन खुल्ला हुँदै, जुन अन्त्यसम्म श्रमिकका लागि खुला गरिने
काठमाडौँ । कोरोना संक्रमणदर कम हुँदै जाँदा कुवेत सरकारले लकडाउन खुकुलो बनाउदै पूर्ण रुपमा खुल्ला गर्ने भएको छ । अहिलेकै गतिमा संक्रमण दर कम हुँदै गएमा तथा कोभिड विरुद्धको खोप लगाउनेको संख्या वृद्धि हुँदै भएमा व्यवसायिक गतिविधिलाई क्रमशः चलयामान बनाइने बताईएको छ।
त्यस्तै आप्रवासी श्रमिक तथा अन्य व्यक्तिको लागि कुवेतको विमानस्थल यही महिना (जुनं) को अन्त्यसम्ममा सूचारु हुने अनुमान गरिएको छ। आवासीय अनुमतिपत्र (रेसिडेन्स) प्राप्त कुवेत फर्कन चाहने आप्रवासीले यहाँको सरकारले स्वीकृति दिएको कोभिड विरुद्धको खोप कम्तिमा एक मात्रा लगाइसकेको हुनुपर्नेछ। अल क्युवासले बताए अनुसार कुवेतले स्वीकृति नदिएको खोप अन्य देशमा प्राप्त गरिसकेका व्यक्तिको हकमा कुवेत प्रवेश गरेसँगै यहाँ स्वीकृत खोपको एक डोज लगाइनेछ।