image
image

अब ओमनमा ‘भिजिट भिसा’ लाई ‘वर्क पर्मिट’ मा बदल्न पाइने, कुन कुन भिसा हुन्छ रुपान्तरण ?

काठमाडौँ । अब ओमनमा ‘भिजिट भिसा’ लाई ‘वर्क पर्मिट’ मा बदल्न पाइने भएको छ । ओमन सरकारले हालै ‘भिजिट भिसा’ मा प्रवेश गर्ने  विदेशीको लागि ‘वर्क भिसा’ सम्बन्धी नियममा केही परिवर्तन गरेको जानकारी दिएको छ । आवासीय एकाईका मालिक तथा उनीहरुका परिवारका सदस्यका लागि दिइएको भिसा रोयल ओमन प्रहरीले ‘फरेनर्स रेसिडेन्सी ल’ को विनिमयको केही भाग संशोधन गर्न प्रस्ताव जारी गरेसँगै यो निर्णय लागू हुने भएको हो।


रोयल ओमन प्रहरी (आरओपी)का अनुसार यसका लागि परिवर्तित नियमअनुसार तोकिएका केही शर्तहरु भने पूरा गर्नुपर्ने छ। यी शर्त संयुक्त पारिवारिक भिसा र विद्यार्थी भिसाका साथै अन्य सन्दर्भमा पनि लागू हुनेछ। त्यस्तै जीसीसी देशका नागरिकलाई जारी गरिएको भिसा आफन्त, र साथीहरूलाई भेट्नको लागि दिइएको भिसा,एकल प्रवेश पर्यटक (सिगंल इन्ट्री टुरिस्ट) भिसा १० दिन वा १ महिनाको वैध–अवैध भएको),सिङ्गल तथा मल्टिपल इन्ट्री बिजनेस भिसा रुपान्तरण हुन सक्नेछन्।


साथै एक्सप्रेस भिसा (लगानीकर्ता ९इन्भेस्टर० भिसा, विद्यार्थी भिसा, जहाज तथा क्रुज जहाजमा यात्रा गर्ने यात्रीहरूको भिसा पनि रुपान्तरण गर्न सकिनेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।