image
image

कुखुरा नबिक्दा  किसान मारमा

बागलुङ - बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् ।


महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । “ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो रु ३२० बाट रु २३० मा झरेको छ”, पुनले भने ।


निषेधाज्ञाअघि रु ५०० बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ । “कुखुरा पालनमा खर्च धेरै छ, यसपालि लागत पनि नउठ्ने भयो, किसानलाई उल्टो घाटा छ”, पुनले भने, “कहिले स्थिति सहज हुन्छ भन्ने पनि कुनै टुङ्गो छैन ।” मासु धेरै खपत हुने होटल, रेष्टुराँ नै अहिले बन्द छन् । फाटफुट्टरूपमा घरायसी प्रयोजनका लागि मात्र मासुको बिक्री भइरहेको छ । कतिपय व्यवसायी मासु पसल पनि बन्द गरेर बसेका छन् । खाद्यान्न, तरकारी, माछा, मासुलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान १०ः०० बजेसम्म मात्र बजार खुल्छ ।


कुखुरापालक किसानले गरेको बीमा पनि ५० दिनसम्मका कुखुरामा मात्र लागू हुन्छ । पचास दिन कटेका कुखुरा कुनै रोगव्याधिले मरे पनि किसानले बीमा रकम पाउँदैनन् । पोल्ट्री व्यवसायी सङ्घ बागलुङका अध्यक्ष ध्रुव श्रेष्ठले यही बेला रानीखेत रोगले पनि कुखुरापालक किसानलाई सताएको बताए । “तीन÷चार जना किसानको त खोर नै रित्तियो, एकातिर निषेधाज्ञाले कुखुरा नै उठेको छैन, अर्कातिर रोगले किसानलाई अप्ठेरो परेको छ”, उनले भने । बिक्रीका लागि तयार भएका कुखुरा ठूलो मात्रामा किसानकामा रोकिएर बसेको श्रेष्ठले बताए ।

रु १३५ मा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो रु २०० मा बेच्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । दाना पनि महङ्गिएपछि किसानलाई थप मर्का परेको छ । रु तीन हजार ४०० पर्ने दाना अहिले तीन हजार ६०० बढीमा किन्नुपर्छ । कुखुरा बिक्री नभई थन्किए किसानको लागत दैनिक बढ्दै जाने हुन्छ । समयमा बेच्न नसक्दा कुखुरापालनको नियमित चक्रमा असर पुग्छ ।

सङ्घका अनुसार सहज समयमा सातामा २० हजार जति कुखुराका चल्ला बागलुङ भित्रन्छन् । अहिले चल्ला आयात भएका छैनन् । जिल्लामा झण्डै २०० व्यावसायिक कुखुरापालक किसान छन् । पछिल्लो समय ब्रोइलरसँगै स्थानीय जातका कुखुराको पनि व्यावसायिकपालन बढ्दो छ ।रासस 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।