image
image

 पूर्वराजाद्वारा कोभिड विरुद्ध अग्रपङ्तीमा युद्धरतहरुलाई धन्यवाद

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितसँगै एक सन्देश जारी गरेका छन् ।पूर्वराज दम्पतीले  आज एक भिडियो सन्देश जारी गर्दै स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

यस्तै  सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’
 


साथै महामारीको समयमा अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता औंल्याएका छन् । उनले  महामारीबाट जोगिनका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।  प्राप्त सहयोगको लागि उनले अन्तर्राष्ट्रिय जगतलाई पनि धन्यवाद दिएका छन्। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।