image
image

निषेधाज्ञाका कारण दूधको खपत ५० प्रतिशतले घट्यो

काठमाण्डौँ, २०, बिहीवार । निषेधाज्ञाको अवधिमा ५० प्रतिशत दुग्धजन्य पदार्थको खपतमा कमी आएको छ । निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

निषेधाज्ञा अगाडि दैनिक साढे आठ लाख लिटर दूध सङ्कलन भइ खपत हुने गरेकोमा अहिले चार लाखको हाराहारीमा मात्रै सङ्कलन र बिक्री हुने गरेको बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले दूध सङ्कलनमा पनि समस्या छ  । यस्तै दूधको खपत कम हुँदा किसान मर्कामा परेका छन् ।

किसानले उत्पादन गरेको १७ प्रतिशत मात्रै दूध विभिन्न सहकारी, डेरी उद्योगसहित औपचारिक क्षेत्रबाट सङ्कलन भइ बिक्रीवितरण हुने गरेको छ । बाँकी ७३ प्रतिशत किसान आफैँले प्रयोग गर्ने र होटल तथा रेष्टुरेन्टमा पुर्याउने गरेको सरकारको तथ्याङ्कले देखाएको छ । उत्पादन गरेको सबै दूध बजारसम्म नआउँदा दूधबाट लिनुपर्ने व्यापारिक लाभ किसानले लिन नसकेको अधिकृत अधिकारीले बताउनुभयो । दूध र दुग्धजन्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि नागरिकले यसको प्रयोग कम गर्ने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मानिस तन्दुरुस्त हुन प्रतिव्यक्ति वर्षमा ९१ लिटर दूध खान सिफारिस गरे पनि नेपालमा प्रतिव्यक्ति ७८.५ लिटर मात्रै खाने गरेको पाइन्छ । नागरिकले यसको प्रयोग बढाउनुपर्ने बोर्डका योजना अधिकृत अधिकारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।