image
image

अभिनेता प्रमोद अग्रहरिद्वरा अस्पताललाई अक्सिजन सहयोग

काठमाडौँ, २०, बिहीवार । अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । उनले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अस्पतालका डा।मोहम्मद नुरुल होदालाई दिएका छन् । 

‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेला केही राहत होस् भनेर आफुले सकेको सहयोग दिएको हो’ अग्रहरिले भने ‘आगामी दिनमा सकेको सहयोग गर्छु ।’ अग्रहरिले सक्नेलाई सहयोगमा जुट्न समेत आग्रह गरेका छन् ।यस अघि राज घिमिरे, पल शाह, पुष्प खड्का लगायत कलाकारले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका थिए ।

अग्रहरि फिल्म पर्दामा हिरो र भिलेन दुबै भुमिकामा देखिने कलाकार हुन् । ‘कथा काठमाण्डू’ फिल्ममा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्य निकै चर्चित भएको थियो । ‘कथा काठमाण्डू’को अलवा उनले उमा, सुन्तली, संरक्षण, जाइरा, जस्ता फिल्ममा अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।