image
image

बजेटमा कृषि क्षेत्रलाई हेपियो

काठमाडौं, २०, बिहीवार । देशको अर्थतन्त्रको गार्हस्थ उत्पादनमा कृषिले गरेको योगदानको आधारमा आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन नभएको भन्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालले असन्तुष्टि जनाएको छ।मल र दुग्ध कारखाना जस्ता केही महत्वकांक्षी योजनाले गर्दा झट्ट हेर्दा बजेट बढेको देखिएपनि कृषि क्षेत्रलाई हेपिएको महासंघको आरोप छ। 

कृषि क्षेत्रलाई उत्थानशील क्षेत्रको र अर्थतन्त्रको  प्रमुख आधारको रुपमा रुपमा विकास गरिने, खाद्यपोषण सुरक्षाअधिकार सुनिश्चित गरिने, कृषियोग्य जमिनको चक्लाबन्दी, सामूहिक र करारखेतीको विषय बजेटमा समावेश भएपनि उत्थानशील र पर्यावरणीय कृषिको प्रवर्धनमा योगदान गर्ने समुदायलाई बजेटमा सम्बोधन नगरिएको महासंघको भनाइ छ।

कृषि बिमाको दायरा बढाउने भनिएको भएपनि ७५ प्रतिशत अनुदान दिइँदै आएको कृषि बिमालाई घटाएर ५० प्रतिशतमा झारिएको भन्दै महासंघले असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउन माग गरेको छ। महासंघले बजेटका विषयमा विभिन्न दश बुँदे धारणा सार्वजनिक गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।