image
image

ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु

काठमाडौँ, २०, बिहीवार। मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी​ नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

चितवनको भरतपुरबाट कोरोना संक्रमित विरामीको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतक थिङलाई गत जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका लागि भरतपुर लगिएको बुझिएको छ । एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।