image
image

आइसोलेशन बसेका तामाङले किन गरे आत्महत्या  

काठमाडौँ, २०, बिहीवार । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन्। कोरोना पुष्टि भई सामान्य स्वास्थ अवस्था भएका ती व्यक्तिले आइसोलेशन भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन्।  जिल्लाकै बलेफी गाँउपालिका ६ का ५३ वर्षीय रत्नबहादुर तामाङले आइसोलेशन भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या प्रयास गरेको आइसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताए। 

गत जेठ १७ गतेदेखि केन्द्रमा रहेका तामाङले आज राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको तिमल्सिनाले बताए।

सामान्य अवस्थामा उपचाररत तामाङले रातको समयमा झ्यालबाट हाम फाली आत्महत्या प्रयास गरेको र उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जुगल गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।