अब यी क्षेत्रमा हड्ताल गर्न नपाईने
काठमाडौं- सरकारले हड्ताल गर्न नपाइने विभिन्न क्षेत्रहरु घोषणा गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार बैंक, बीमा, अस्पताल, होटल, विमानस्थल, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन।
साथै राहदानी विभागबाट प्रदान हुने सेवा, मास्क सम्बन्धि सेवा, विद्युत् सेवा, बीमा सेवा, ह्यान्ड सेनिटाइजर सम्बन्धि सेवामा पनि हड्ताल गर्न पाइने छैन ।सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरेको हो ।