जापानले कोभ्याक्सको लागि थप ८० करोड डलर अनुदान दिने
काठमाडौँ । जापानले कोभ्याक्स कार्यक्रमलाई थप ८० करोड डलर अनुदान दिने भएको छ । स्थानीय पत्रिका माइनिचीले उल्लेख गरेअनुसार जापानका प्रधानमन्त्री योशिहिडे सुगाले कोभ्याक्सलाई उक्त अनुदान दिने तयारी गरेका हुन् । यसअघि नै जापानले यो कार्यक्रमका लागि २० करोड डलर अनुदान दिइसकेको छ ।
बुधबार हुने कोभ्याक्सको अनलाइन सम्मेलनमा कोभ्याक्स कार्यक्रमको लागि एक अर्ब ७० करोड डलर उठाउने उद्देश्य रहेको छ । त्यस्तै यो कार्यक्रमलाई केही मुलुकहरुले पैसा र केही मुलुकले खोप सहयोग गर्न सक्ने अपेक्षा छ ।