image
image

नेप्सेमा  उच्च अंकको बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से ५५.७६ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब १३ विन्दुमा पुगेको छ । आज ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् ।

आज दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् । 

त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.२३ प्रतिशतले घटेको छ । यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ रुपैयाँको शेयर कारोबार भएको छ ।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।