पुस्तक पसल खोल्ने वातावरण छैन; ललितपुरका सीडीओ
काठमाडौं, १९, बुधबार । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब थप हुने निषेधाज्ञामा पुस्तक पसल र स्टेसनरी खोल्ने वातावरण नरहेको स्पष्ट पारेका छन् । पुस्तक पसल खोल्दा पुस्तक किन्ने बहानामा धेरैको हिँडडुल हुने भएकोले यस्तो निर्णय गर्न नहुने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत रहेको निरौलाले जानकारी दिए ।
काठमाडौंको जिल्ला कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठकमा सो विषयमा कुरा उठेपछि पुस्तक पसल खोल्ने विषयले चर्चा पाएको थियो । यद्यपि काठमाडौं प्रशासनका अधिकारीहरुले पनि पुस्तक पसल खोल्ने तयारी नगरेको स्पष्ट पारेका छन् ।
‘पुस्तक किन्ने बाहानामा मान्छेको भिड बढ्न सक्छ, त्यसैले पुस्तक पसल खोल्ने तयारी छैन ।’ निरौलाले भने ।