नेपाल आइसको वियर प्लान्टमा आगलागी
काठमाडौं, १९, बुधबार। पूर्वी नवलपुरमा रहेको नेपाल आइसको वियर फ्याक्ट्रिमा आगलागी भएको छ। चौधरी समूहका जेनेरल म्यानेजर मधुसुधन पौडेलले बिहान ८ बजेदेखि फ्याक्ट्रिमा आगलागी भएको बताएका छन्।
उनले यतिबेला ५ वटा दमकलले आगो निभाउने प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आइनसकेको जानकारी दिए। भने, “के कारण र कसरी आगो लाग्यो भन्ने कुरा अझै खुलेको छैन। क्षतीको विवरण संकलन गर्ने काम पनि भइरहेको छ।”